images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अमेरिकी कच्चा तेलको मूल्य ९० डलर...

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा बढेको छ । अमेरिकी कच्चा तेल र ब्रेन्ट क्रुड दुवैको मूल्य दुई प्रतिशतको हाराहारीमा वृद्धि भएको हो ।न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा जुलाई डेलिभरीका लागि डब्लुटिआई कच्चा तेलको मूल्य प्रतिव्यारेल १.८३ अमेरिकी डलर (२.०७ प्रतिशत) ले बढेर ९०.०३ डलर पुगेको छ ।

    images
    images

    यस्तै, लन्डनस्थित आईसीई फ्युचर्स एक्सचेन्जमा अगस्ट डेलिभरीका लागि ब्रेन्ट क्रुडको मूल्य १.६५ डलर (१.८० प्रतिशत) ले वृद्धि भई प्रतिव्यारेल ९३.१० डलरमा बन्द भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै ऊर्जा बजारमा थप दबाब सिर्जना हुने विश्लेषण गरिएको छ । विश्व बजारमा तेलको मूल्यमा हुने उतारचढावले इन्धन आयात गर्ने मुलुकहरूको लागत तथा उपभोक्ता मूल्यमा समेत प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend