images

२०८३ आश्विन २५ गते

images
images
images

धनकुटा विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन : मन्त्री राई

धनकुटा विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन : मन्त्री राई

images
images
अर्थ समाचार
आइतवार, आषाढ १६ २०८१
अर्थ समाचार
आइतवार, आषाढ १६ २०८१
  • धनकुटा : आर्थिक वर्ष २०८१/८२ का लागि धनकुटा जिल्लाको विकासमा संघीय सरकारले ७ अर्ब ६५ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले बताएका छन्।

    images
    images

    प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले यस्तो जानकारी दिएका हुन्। विनियोजित बजेटमध्ये सबैभन्दा धेरै खानेपानी मन्त्रालयबाट २ अर्ब ४० करोड छुट्याइएको छ।

    त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २ अर्ब १० करोड, शिक्षा, विज्ञान तथा प्रविधि र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट ७०र७० करोड विनियोजन गरिएको छ।

    images
    images

    मन्त्री राईका अनुसार यो बजेटले धनकुटाको समग्र विकासमा उत्साहजनक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उनले स्थानीय जनता र सञ्चारकर्मीहरूलाई यसको सदुपयोगमा सहयोग गर्न आग्रह गरेका छन।

    आफू मन्त्री भएपछि धनकुटाको विकासमा प्रयत्नशील रहेको बताउँदै मन्त्री राईले आफ्नै पहलमा धनकुटामा बजेट आएको बताउँदै धनकुटामा रहेको खानेपानी समस्या अब समाधान हुने बताए।

    पहिल्यैदेखि सरकार फेरबदलले समस्या भइरहेकोले काम गर्न समस्या भइरहेको भएपनि अब त्यस्तो नहुने मन्त्री राईले बताए।

    मन्त्री राईले खानेपानी आयोजनाको काम सडक, पुल निर्माण जस्तो आधा बनाएर सञ्चालन गर्दै गर्ने जस्तो नभएकाले पूरै काम सकेर सञ्चालनमा आउन केही समय लाग्ने बताए। धनकुटामा विनियोजित बजेटले विशेषगरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा टेवा पुग्ने मन्त्री राईले बताए। यद्यपि, यसको वास्तविक प्रभाव कार्यान्वयनमा भरपर्ने देखिन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend