images

२०८३ कार्तिक ६ गते

images
images
images

मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान

मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा आरोहीलाई सम्मान गरिएको छ ।गोरखाको चुमनुब्री गाउँपालिकाले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरेको हो। मनास्लु हिमालको सफल आरोहण गर्नेमा फुन्जो जाङ्मु लामा, दिकी ल्हामु लामा, पूर्णिमा श्रेष्ठ, पूर्णबहादुर गुरुङ, युक्त गुरुङ, हरिबहादुर गुरुङ, रमेश गुरुङ, नवराज गुरुङ, पाल्सङ रिम्पोछे, सेदार रिन्पोछे, लामा जिग्मे, नेपाल पर्वतारोहण सङ्घ (एनएमए), राष्ट्रिय प्रकृति संरक्षण कोष, मनास्लु संरक्षण क्षेत्र आयोजनालगायत रहेका छन्।

    images
    images

    कार्यक्रममा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले गोरखाबाट मनास्लु हिमालको सफल आरोहण गरेका व्यक्ति र विभिन्न संस्थालाई सम्मान गरिएको जानकारी दिए। मनास्लु हिमालमा पहिलोपटक सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले पाइला टेकेका थिए।यस्तै, सन् १९७३ अप्रिल २२ तारिखमा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए। पहिलोपटक मनास्लुको आरोहण गरेको सम्झनामा मनास्लु दिवस मनाउन थालिएको हो । चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाले हालसम्म मनास्लु हिमालमा तीन हजार ७४२ स्वदेशी तथा विदेशी आरोहीले आरोहण गरेको बताए।विश्वको आठौँ र नेपालको सातौँ हिमालका रुपमा रहेको मनास्लुमा चढ्नका लागि इच्छाशक्ति तथा शाहस आवश्यक रहेको अध्यक्ष लामाले बताए। मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा यहि वर्षको मे ९ तारिखमा चुमनुब्रीमा कार्यक्रम समेत आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।

    चुमनुब्री गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण समेत गरिएको थियो । कार्यक्रममा प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति माडौँमा आयोजित आरोही सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले एक दशकको अवधिमा गोरखाले पर्वतीय पर्यटनको क्षेत्रमा ठुलो फड्को मारेको बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend