images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अमेरिकाले इरानमाथि हमला गरेपछि तेलको मूल्य...

अमेरिकाले इरानमाथि हमला गरेपछि तेलको मूल्य १ प्रतिशतले बढ्यो

अमेरिकाले इरानमाथि हमला गरेपछि तेलको मूल्य १ प्रतिशतले बढ्यो

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • अमेरिका र इरानबीच बढ्दो तनावको असर फेरि एकपटक विश्वव्यापी तेल बजारमा देखिएको छ । अमेरिकी हमलापछि मंगलबार कच्चा तेलको मूल्य करिब १ प्रतिशतले बढेको छ ।ब्रेन्ट क्रुड ८३ सेन्ट अर्थात् ०.९ प्रतिशतले बढेर ९२.२९ डलर प्रति ब्यारेल पुगेको छ। त्यस्तै, अमेरिकी डब्लुटीआई क्रुड ६८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर ८८.९७ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । यसअघि तेलको मूल्य सात साताकै न्यून विन्दुमा पुगेको थियो। यद्यपि, पश्चिम एसियामा बढ्दो तनाव र होर्मुज स्ट्रेटसँग जोडिएका जोखिमहरूका कारण बजारमा फेरि उछाल आएको छ ।

    images
    images

    इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । यसैबीच, अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार, अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको र यस क्षेत्रमा रहेका अमेरिकी बल तथा व्यावसायिक पानीजहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो हमला गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend