images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अन्तरराष्ट्रिय स्तरको सम्मेलन बोधी संवादको आयोजना...

अन्तरराष्ट्रिय स्तरको सम्मेलन बोधी संवादको आयोजना हुने

अन्तरराष्ट्रिय स्तरको सम्मेलन बोधी संवादको आयोजना हुने

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ २७ जेठ । मुलुकको अर्थतन्त्र र भू–राजनीतिको विषयमा  केन्द्रित भई नेपालमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) आयोजक रहेको सो सम्मेलनलाई  ‘बोधि संवाद’  नाम दिइएको छ ।

    images
    images

    मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलन आउँदो मङ्गलबार देखि शुक्रबार सम्म चार दिनसम्म चल्नेछ । सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णका अनुसार सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना तथा दक्षिण एसियामा विकसित हुँदै गएको भू–राजनीतिक परिवेशका बारेमा नेपाली र विदेशी विज्ञहरूबीच  छलफल हुनेछ ।

    बोधि संवादलाई आर्थिक, राजनीतिक तथा भू–राजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहसको साझा मञ्चका रूपमा प्रस्तुत गर्न लागिएको जानकारी दिइयो । सम्मेलनबाट प्राप्त हुने सुझावलाई  लिपिबद्ध गरेर सरकारलाई जानकारी गराउने अध्यक्ष कर्णले बताएका छन् ।
     
    नेपालको मौलिक ज्ञान तथा सरकारले अगाडि सारेको सौम्य कूटनीतिलाई सहयोग पु¥याउने उद्देश्यले सम्मेलनको नाम नै बोधि संवाद राखिएको कर्णले उल्लेख गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend