images

२०८३ कार्तिक ६ गते

images
images
images

अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम

अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • घोराही (दाङ), २७ जेठ । घोराही उपमहानगरपालिका–१४ का सुमन चौधरी अचार बनाउने तालिममा सहभागी हुन पाउँदा खुसी छन् । उमेरले ३५ वर्ष पुग्नुभएका उनी शारीरिक रुपमा अपाङ्ग हुन। 

    images
    images

    विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाङको समन्वयमा घोराही उपमहानगरपालिका–१५ स्थित अमृत टोलमा सञ्चालन भइरहेको १५ दिने अचार बनाउने तालिममा उनीलगायत अपाङ्गता भएका व्यक्तिहरु हुन । 

    घरमा बनाउँदै आएको अचारभन्दा तालिमका क्रममा सिकेको विधि धेरै फरक भएको उनले भनाइ छ । “अचार बनाउँदा के कस्ता कुरामा ध्यान दिने, कुन अचार कसरी बनाउने, यसका विधिलगायत विषय सिक्न पाए, शारीरिक रुपमा आफू अपाङ्ग भए पनि गर्न सकिने रहेछ भन्ने लागेको छ”, उनले भने । 

    images
    images

    उनी जस्तै तालिममा सहभागी २२ वर्षीया सृजना बस्नेत पनि सीप सिक्न पाउँदा खुसी लागेको भनाइ छ । बस्नेत सुन्न सक्नुहुन्न । हेरेर र दोभासेको सहयोगबाट अचार बनाउने सीप सिक्न सहज भएको उनको भनाइ छ । नसुने पनि देखेर पनि धेरै कुरा सिक्न सकेको र प्रशिक्षकबाट पनि रामो सहयोग पाएको उनले भनाइ छ । 

    तालिममा सहभागी हुनुभएका घोराही–१५ का २७ वर्षीया कृष्णा केसीले तालिमले धेरै सहयोग गरेको भनाइ छ । अपाङ्गता भएका व्यक्तिले अवसर पाए काम गर्न सकिने उनको अनुभव छ । 

    प्रशिक्षक सुशीला थापाले अपाङ्गता भएका महिला दिदीबहिनीहरुलाई सीपमा जोडन पाउँदा खुसी लागेको भनाइ छ । अपाङ्गता भएका व्यक्तिको जीवनयापन सहज बनाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुने भनाइ छ ।  संस्थाका अध्यक्ष देवका खनालले दोभासेको काम गर्ने भएको हुँदा सिकाउन सहज भएको उहाँको भनाइ छ । सहभागीहरु पनि निकै सक्रिय भएर सिक्दै आएको उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend