images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • सरकारद्वारा २५ वटा क्षेत्रलाई ‘अत्यावश्यक सेवा’...

सरकारद्वारा २५ वटा क्षेत्रलाई ‘अत्यावश्यक सेवा’ घोषणा, हड्ताल गर्न निषेध

सरकारद्वारा २५ वटा क्षेत्रलाई ‘अत्यावश्यक सेवा’ घोषणा, हड्ताल गर्न निषेध

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । गृह मन्त्रालयले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै विभिन्न २५ वटा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ ।गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्ता २५ क्षेत्रमा कुनै पनि बहानामा हड्ताल गर्न निषेध गरेको छ ।जसअनुसार सञ्चार र प्रविधितर्फ डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा र इन्टरनेट सेवालाई अत्यावश्यक मानिएको छ । साथै, राहदानी र कन्सुलर सेवा विभागबाट प्रवाह हुने सेवाहरू पनि यसै सूचीमा छन् ।

    images
    images

    यस्तै यातायात र ढुवानीतर्फ जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा र हवाई जहाजको हेरचाह, सञ्चालन र मर्मत, रेलवे स्टेशन तथा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्नेरझिक्ने कार्यलाई पनि अत्यावश्यक सूचीमा राखिएको छ ।स्वास्थ्य तथा सुरक्षातर्फ अस्पताल, स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा, औषधि निर्माण तथा बिक्री वितरण, मास्क र ह्यान्ड सेनिटाइजरसँग सम्बन्धित सेवाहरू । आन्तरिक सुरक्षा, हातहतियार खरखजाना वा सैनिक सरसामानको उत्पादन र वितरणसँग सम्बन्धित रक्षा व्यवस्थाका सेवा, दैनिक उपभोग्य वस्तु र ऊर्जातर्फ पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) को पैठारी, ढुवानी, भण्डारण र वितरण, दैनिक उपभोग्य वस्तुहरूतर्फ दाल, चामल, नुन, तेलको ढुवानी र वितरण, खानेपानीको सञ्चालन तथा वितरण, विद्युत सेवा र फोहोरमैला संकलन, ढुवानी तथा विसर्जन सेवा, वित्तीय र अन्य सेवातर्फ बैंकिङ्ग सेवा र बिमा सेवासहित पर्यटन आवास, मोटेल, होटल, रेस्टुराँ र रिसोर्ट सम्बन्धी सेवा, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा र भेटेरिनरी (पशु चिकित्सा) सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ ।

    गृह मन्त्रालयले जारी गरेको यो आदेशसँगै अब २५ वटा क्षेत्रमा कार्यरत कर्मचारी वा युनियनहरूले हड्ताल गरी सेवा अवरुद्ध गर्न पाउने छैनन् । यदि कसैले आदेशको उल्लंघन गरी हड्ताल गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सूचनामा उल्लेख छ । यो आदेश राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend