images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • एकै दिनमा ४ डलरले बढ्यो तेलको...

एकै दिनमा ४ डलरले बढ्यो तेलको मूल्य

एकै दिनमा ४ डलरले बढ्यो तेलको मूल्य

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। पश्चिम एसियामा इजरायल र इरानबिच बढ्दो सैन्य तनावका कारण सोमबार लगानीकर्ताहरू त्रस्त बनेपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको हो। लन्डन आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारे ४ डलर ४२ सेन्टले बढेर प्रतिब्यारेल ९७ डलर १५ सेन्टमा डलर पुगेको छ।त्यस्तै न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई)को भाउ पनि ४ दशमलव शून्य ७ प्रतिशतले बढेर ब्यारेलकै ९४ डलर ६१ सेन्टमा पुगेको छ।

    images
    images

    इरानमाथि थप आक्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई चेतावनी दिएको भए पनि इजरायलले दक्षिणपश्चिम इरानको पेट्रोकेमिकल कारखानामा आक्रमण गरेको थियो।यो अप्रिल ८ मा इरान युद्धविराम घोषणा भएयता इजरायलले इरानमाथि गरेको  पहिलो आक्रमण हो । इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजका अनुसार महशहरस्थित पेट्रोकेमिकल परिसरमा आंशिक क्षति पुगेको छ।विश्लेषकहरूका अनुसार बजारमा सबैभन्दा ठुलो चिन्ता स्ट्रेट अफ हर्मुज हो । यो विश्वभर खपत हुने २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने बाटो हो। सोमबार तेलको भाउमा भएको वृद्धिसँगै शुक्रबारको कारोबारमा भएको कमीको भर्पाई भएको छ । अमेरिका र इरानबिच सम्झौता हुने आशामा शुक्रबार तेल बजार ओरालो लागेको थियो।

    रूसका लागि इरानी राजदूतका काजेम जलालीका अनुसार स्ट्रेट अफ हर्मुज खुला रहनेछ। तर इरान र ओमानले नयाँ नियम र ट्रान्जिट शुल्क लागू गर्न सक्नेछ। स्ट्रेट अफ हर्मुजमा इरानले ढुवानी ठप्प बनाएको छ।अमेरिकाले पनि इरानी बन्दरगाहमा प्रतिबन्ध लगाएको छ। आइतबार प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेक र समूह बाहिरका प्रमुख तेल उत्पादकहरूको समूह ओपेक प्लसले चार महिनायताको चौथो उत्पादन वृद्धिमा सहमति गरेको छ।हर्मुज बन्द रहेको अनि रुसको ऊर्जा पूर्वाधारमा हालै भएको क्षतिका कारण त्यहाँको उत्पादन घटेको अस्थामा ओपेक प्लसको यस निर्णयको प्रभाव बजारमा सीमित हुने विश्लेषण गरिएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend