images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको...

इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी

इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • तेहरान । इरानको शक्तिशाली सैन्य निकाय इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले (आईआरजीसी)ले इजरायलका दुई सैन्य हवाई अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ ।इरानी सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए)का अनुसार आईआरजीसीले इजरायलको नेभाटिम र टेल नोफ हवाई अड्डालाई लक्षित गरी सैन्य कारबाही सञ्चालन गरेको जनाएको छ ।

    images
    images

    आईआरजीसीका अनुसार इजरायलले इरानका तीन स्थानमा रहेका विभिन्न राडार केन्द्रहरूमाथि मिसाइल आक्रमण गरेपछि त्यसको प्रतिकारस्वरूप यो कारबाही गरिएको हो ।यसअघि इजरायली वायुसेनाले इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको थियो । त्यसलगत्तै इरानी सरकारी टेलिभिजनले राजधानी तेहरान सहित तब्रिज र इस्फाहान सहरमा विस्फोटका आवाज सुनिएको जानकारी दिएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend