images

२०८३ आश्विन १६ गते

images
images
images

नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले सुरू गर्‍यो शेन्जेन–काठमाडौं विशेष चार्टर्ड उडान

नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले सुरू गर्‍यो शेन्जेन–काठमाडौं विशेष चार्टर्ड उडान

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं । नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले चीनको शेन्जेन र नेपालको काठमाडौंबीच विशेष द्वि-साप्ताहिक (हप्तामा दुई पटक) चार्टर्ड उडान सेवा मार्फत १५० चिनिया पर्यटकहरूलाई स्वागत गर्दै सञ्चालन आजबाट सुरु गरेको छ ।हिमालय एयरलाइन्ससँगको सहकार्यमा सञ्चालन हुने यो रणनीतिक हवाई सेवा प्रत्येक मंगलबार र शुक्रबार सञ्चालन हुने कम्पनीले जनाएको छ ।यस साझेदारीले नेपाल र चीनबीच हवाई सम्पर्क, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ।

    images
    images

    ‘चीनको सिलिकन भ्याली’ भनेर परिचित शेन्जेन विश्वकै अग्रणी प्रविधि, नवप्रवर्तन तथा आर्थिक केन्द्रहरूमध्ये एक हो । यस महानगरबाट नेपालसम्म प्रत्यक्ष पहुँच स्थापना गर्दै नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले नेपाललाई चिनियाँ पर्यटकहरूका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको जनाएको छ ।विशेषगरी प्रविधि क्षेत्रका व्यवसायी, उद्यमी, लगानीकर्ता तथा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र हिमाली साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ ।यो पहल नेपाल सरकारले अन्तर्राष्ट्रिय पर्यटन विस्तार तथा उच्च मूल्यका पर्यटक आकर्षित गर्ने रणनीतिसँग पनि मेल खान्छ । शेन्जेनबाट नियमित चार्टर्ड उडान सञ्चालन भएपछि चीनबाट नेपाल आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि हुने तथा पर्यटन, आतिथ्य, हवाई सेवा र सेवा क्षेत्रका विभिन्न उद्योगहरूलाई आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ ।

    यी चार्टर्ड उडानमार्फत यात्रा गर्ने यात्रुहरूले हिमालय एयरलाइन्सको सुरक्षित, आरामदायी र भरपर्दो सेवा अनुभव गर्नेछन् ।साथै, नेपाल पाण्डा इन्टरनेशनल ट्राभलको गन्तव्य व्यवस्थापन विशेषज्ञतासहित उत्कृष्ट यात्रा अनुभव, विशेष रूपमा तयार गरिएका भ्रमण कार्यक्रम तथा विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend