images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • दराज नेपालले घोषणा गर्‍यो ६.६ मिड...

दराज नेपालले घोषणा गर्‍यो ६.६ मिड इयर शपिब फेस्ट

दराज नेपालले घोषणा गर्‍यो ६.६ मिड इयर शपिब फेस्ट

images
images
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं । दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिब फेस्टको घोषणा गरेको छ । यस अवसरमा दराजले आकर्षक डिल्स, विशेष ब्रान्ड अफरहरु, भुक्तानीमा छुट सुविधा तथा रोमाञ्चक गिभअवे उपहारहरू समावेश गरिएको जानकारी दिएको छ ।यो अभियान जुन ५ (जेठ २२, २०८३)को बेलुकी ८ बजेदेखि जुन १० (जेठ २७) सम्म सञ्चालन हुनेछ ।यस अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५% सम्मको छुट, निःशुल्क होम डेलिभरी तथा विशेष भौचरहरूको उपयोग गरी आकर्षक लाभ उठाउन सक्नु हुनेछन्। यी अफरहरुका माध्यमबाट उपभोक्ताकोमध्य–वर्षीय किनमेललाई अझ लाभदायक बनाउनेकम्पनीको विश्वास छ ।

    images
    images

    योजना अवधिभर, ग्राहकहरूले दराजका लोकप्रिय ब्रान्डहरूबाट विशेष छुट प्राप्त गर्न सक्नु हुनेछन् । जसअन्तर्गत प्लेटिनम ब्राण्ड पार्टनरहरु भ्यासेलिन, केमिस्ट एट प्ले तथा होनासाका तर्फबाट १५% सम्म छुट, गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्ड हाउस, न्यूलाईट सीओएसआरएक्सका तर्फबाट ७०% सम्म छुट उपलब्ध हुनेछ । साथै, सिल्भर ब्राण्ड पार्टनर्स फ्यानटेक, लिभाइस, एंकर र मारिकोका तर्फबाट ६५% सम्म छुट सहितका अफरहरु पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।योजना अवधिभर ग्राहकहरूले ब्राण्ड रश आवर अफरहरूको पनि लाभ लिन सक्नु हुनेछन्। ब्राड रश आवर अफरअन्तर्गत ६६ भन्दा बढी ब्रान्डका विशेष अफरहरू समावेश हुनेछन् । यो विशेष अफर जुन ५को बेलुकी ८ बजेदेखि जुन ६कोबिहान २ बजेसम्म तथा पुनः जुन ८ बेलुका ८ बजेदेखि मध्य रातसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

    ग्राहकहरूलाई बचतको बृहत्त अवसर प्रदान गर्ने उद्देश्यका साथ दराजले नबिल बैंकसँग सहकार्य गरेको छ । यस सहकार्यले ग्राहकहकहरुलाई न्यूनतम रु. १,४९९ को खरिदमा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५% छुट (अधिकतम रु. ७५०) तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १०% छुट (अधिकतम रु. ५००) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।त्यसैगरी, ईसेवा तथा खल्ती बाई आईएमईका प्रयोगकर्ताहरूले ब्राण्ड रश आवर अवधिमा १२% छुट (अधिकतम रु. २००) तथा नियमित किनमेल अवधिमा १०% छुट (अधिकतम रु. १५०) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।जति धेरैकिनमेल्, त्यति नै ठूलो उपहार यस अभियानलाई अझ रोमाञ्चक बनाउन दराज नेपालले ग्राहकहरूका लागि विभिन्न आकर्षक उपहारहरूको समेत व्यवस्था गरेको छ । उपहारहरूको मुख्य आकर्षणका रुपमा हाइसेन्सको सहकार्यमा ल्याइएको मेगा गिभअवे रहेको छ ।

    images
    images

    यस अन्तर्गत करिब रु. १,६५,००० मूल्य बराबरको ६५ इन्चको हाइसेन्स क्यूलेड भिडा टीभी एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जित्ने सुनौलो अवसर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । उत्कृष्ट दृष्य गुणस्तर र स्मार्ट मनोरञ्जन सुविधाले भरिपूर्ण यो प्रिमियम टेलिभिजन अभियानको मुख्य पुरस्कारको रूपमा प्रदान गरिनेकम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।त्यसैगरी, “बाई एण्ड विन” योजनाअन्तर्गत ग्राहकहरूले निम्न लिखित आकर्षक पुरस्कारहरू जित्ने थप अवसरपनि प्राप्त गर्नसक्ने -

    • मूल्य रु. ५३,९६० बराबरको स्पारनोड फिटनेस होम युज वाकिंग प्याड एण्ड ट्रेडमिल - १ जना विजेतालाई
    • मूल्य रु. ३,००० बराबरको फोरया एण्ड पी सेफ प्रडक्ट बन्डल् – २ जना विजेतालाई 
    • मूल्य रु. ५,००० बराबरको स्मार्ट ईलेक्ट्रिक वाइन एण्ड लिक्विड डिस्पेन्सर – १ जना विजेतालाई

    अभियान अवधिभर न्यूनतम १० हजार रूपैयाँ बराबरको खरिद गरी दराजमा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेर सफलतापूर्वक किनमेल पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ ।त्यसैगरी, न्यूनतम रु. ५,००० बराबरको खरिद गर्ने ग्राहकहरू “बाई एण्ड विन” योजनामा सहभागी गराइने पनि कम्पनीले जानकारी दिएको छ ।दराज नेपालको ६.६, मिड इयर शपिब फेस्ट सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np मा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दाराज एप प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend