images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • दोहोरो अंकले घटेर बन्द भयो सेयर...

दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार, ४ अर्ब ७० करोडको कारोबार

दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार, ४ अर्ब ७० करोडको कारोबार

images
images
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक १३.४६ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २७६६.७८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ कम्पनीको बढेको छ । आज ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स १.६७ अंकले घटेर ४७३.७६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । 

    images
    images

    आज सेयर बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर ५१ हजार ६०१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend