images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज...

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (जेठ २१ गते) अन्तिम दिन रहेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि बाँकी शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकिएको छ। साथै १ लाख ७१ हजार कित्ता शेयर कर्मचारी र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

    images
    images

    हाल सर्वसाधारणका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरिएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल आकार ४६ करोड ७४ लाख रुपैयाँ बराबर रहेको छ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्काशनका लागि गरिएको मूल्याङ्कनमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी–आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।कम्पनीले प्रवर्द्धन गरेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष तथा छुट दर (डिस्काउन्ट) आधारमा लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend