images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • संघर्षदेखि राष्ट्रिय पाककला नायकसम्म, शेफ गणेशबहादुर...
अर्थसमाचार संवाददाता शिव न्यौपाने

संघर्षदेखि राष्ट्रिय पाककला नायकसम्म, शेफ गणेशबहादुर ढकालको प्रेरणादायी यात्रा

संघर्षदेखि राष्ट्रिय पाककला नायकसम्म, शेफ गणेशबहादुर ढकालको प्रेरणादायी यात्रा

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । नेपाली पाककला क्षेत्रमा थाई खानाका विशेषज्ञ, सफल उद्यमी तथा पाककला राजदूतका रूपमा परिचित शेफ गणेशबहादुर ढकालले आफ्नो संघर्ष, समर्पण र मेहनतबाट विशिष्ट पहिचान स्थापित गर्न सफल भएका छन्।

    images
    images

    संखुवासभामा जन्मिएका ढकालले भान्सा सहयोगीबाट आफ्नो यात्रा सुरु गर्दै थाइल्याण्डमा प्रामाणिक थाई खानाको अध्ययन र अनुभव हासिल गरे। नेपाल फर्किएपछि उनले सन् २००० मा बानेश्वरमा ‘रोयल थाई रेस्टुरेन्ट’ स्थापना गरी नेपाली आतिथ्य क्षेत्रमा नयाँ आयाम थपेका थिए।

    पछि ऐतिहासिक ‘बान थाई रेस्टुरेन्ट’को नेतृत्व सम्हाल्दै उनले नेपालमा थाई खानाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याए। हाल उनी रोयल थाई हस्पिटालिटी समूहका अध्यक्षका रूपमा सक्रिय छन्।

    images
    images

    शेफ ढकालले अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मान प्राप्त गरेका छन्। सन् २०१८ मा ‘थाई कुकिङ सीईओ अफ द इयर’ अवार्डका लागि मनोनयन हुनुका साथै थाई राजपरिवारबाट विशेष सम्मान प्राप्त गरेका थिए।

    जैविक उत्पादनको प्रयोग र खाद्य कूटनीति मार्फत नेपाल–थाइल्याण्ड सम्बन्ध सुदृढ बनाउन विश्वास गर्ने ढकालले सन् २०२२ मा नेपालको पहिलो राष्ट्रिय कुकिङ रियालिटी शो ‘शेफ नेपाल’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए।

    भान्साको सामान्य सहयोगी देखि अन्तर्राष्ट्रिय पहिचान बनाएका पाककला नेतृत्वकर्ता सम्मको उनको यात्रा आज नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend