images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • थाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राले पाए...

थाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राले पाए शाही माफी

थाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राले पाए शाही माफी

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • बैंकक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राले बुधबारदेखि आफ्नो जेल सजायसँग सम्बन्धित सबै कानुनी दायित्व पूरा गरेका छन् ।शाही माफी पाएपछि उनको सबै दायित्व सकिएको हो । थाइल्याण्डको राजपत्रमा प्रकाशित आदेशअनुसार राजा महावजिरालोङ्कोर्नले थाक्सिनलाई दिइएको बाँकी प्रोबेसन अवधि पनि समाप्त गरिदिएका हुन् । 
    यो निर्णय रानी सुथिदाको जन्मदिनको अवसरमा गरिएको व्यापक क्षमादान अन्तर्गत आएको हो । यस निर्णयसँगै थाक्सिन अब आफ्नो बाँकी कानुनी निगरानीबाट पूर्ण रूपमा मुक्त भएका छन् ।

    images
    images

    ७६ वर्षीय थाक्सिनलाई पछिल्लो महिना बैंककको जेलबाट रिहा गरिएको थियो । त्यसपछि उनी चार महिनाको प्रोबेसनमा थिए र इलेक्ट्रोनिक ट्र्याकिङ ब्रेसलेट लगाउनुपर्ने नियम थियो । तर शाही आदेशपछि उनी समयभन्दा पहिले नै पूर्ण रूपमा मुक्त भएका छन् । उनका वकिल विनयात चातमोन्ट्रीले ब्रेसलेट हटाउने प्रक्रिया केही दिन लाग्न सक्ने बताएका छन् ।थाक्सिनमाथि आफ्नो पदको दुरुपयोग गरी व्यापारिक फाइदा लिएको र सरकारी लटरी परियोजनामा अनियमितता गरेको आरोपमा मुद्दा चलेको थियो । उनलाई सन २०२३ मा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यो सजायलाई पछि राजाले घटाएर एक वर्षमा सीमित गरेका थिए । स्वास्थ्य कारण देखाउँदै उनले केही समय बैंकक प्रहरी अस्पतालको विशेष कक्षमा सजाय भोगेका थिए । थाक्सिन २००१ देखि २००६ सम्म थाइल्याण्डका प्रधानमन्त्री थिए । सैन्य ‘कू’ले उनलाई सत्ताबाट हटाएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend