images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • काठमाडौँ केन्द्रित आन्दोलन थालेकै दिन...

काठमाडौँ केन्द्रित आन्दोलन थालेकै दिन सहकारी पीडितहरूद्वारा आन्दोलनको घोषणा

काठमाडौँ केन्द्रित आन्दोलन थालेकै दिन सहकारी पीडितहरूद्वारा आन्दोलनको घोषणा

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • पोखरा केन्द्रित आन्दोलनलाई छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ केन्द्रित आन्दोलन थालेकै दिन सहकारी पीडितहरूले समेत आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले मंसिर ५ गते देखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो 

    images
    images

    महासंघले अहिले आन्दोलन गर्नुपर्ने दुईवटा कारण रहेको जनाएको छ । पहिलो, सहकारी पीडितलाई मोहरा बनाएर पार्टीगत आन्दोलन गरिएको अभियानका संयोजक शुभलव केसी बताउँछन् । यसले वास्तविक पीडितको समस्यालाई कहिल्यै समाधान नगर्ने बरु झनै गिजोलिने उनको भनाइ छ ।

    दोस्रो कारण चाहिँ सरकारले गरेका बैठकमा सहकारी पीडितको प्रतिनिधित्व नगरिनु रहेको महासंघले जनाएको छ । केही दिनअघि सहकारी विभागमा राष्ट्र बैंक र अन्य सरोकारवाला संस्था सहितको छलफलमा पीडितको प्रतिनिधित्व नभएकोमा महासंघले आपत्ति जनाएको छ ।

    images
    images

    संयोजक केसी विगत १८ महिना देखि आफूहरूले सहकारी पीडितको पक्षमा काम गर्दै आए पनि यसलाई समाधान गर्ने कार्यमा पीडित पक्षकै प्रतिनिधित्व नहुँदा वास्तविक पीडितले न्याय पाउने सम्भावना थप कमजोर बनेको बताउँछन् । त्यसैले तिहार र छठ पछि आन्दोलन सुरु गरिने उनको भनाइ छ ।

    यद्यपि अन्य राजनीतिक दलले गरेको आन्दोलन सँग आफ्नो कुनै सरोकार नभएको केसी बताउँछन् । आफूहरु मुडभेडको सोचमा नभएको तर अहिले सहकारी ठगीमा नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्छ भन्नेमा रहेको समेत केसीले बताए ।

    s

    s1

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend