images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • सम्झौता भएपछि रोकिएको १२ अर्ब डलर...

सम्झौता भएपछि रोकिएको १२ अर्ब डलर तत्काल उपलब्ध गराउन इरानको माग

सम्झौता भएपछि रोकिएको १२ अर्ब डलर तत्काल उपलब्ध गराउन इरानको माग

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • तेहरान । इरानले अमेरिकासँग अन्तरिम सम्झौता हुनेबित्तिकै रोक्का भएर बसेको आफ्नो १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति तत्काल उपलब्ध गराउन माग गरेको छ ।इरानी अर्धसरकारी फार्स न्यूज एजेन्सीका अनुसार कतारमा भएको वार्तामा सहभागी इरानी प्रतिनिधिमण्डलसँगै गएका पत्रकार सइद अजोरलुले यस्तो जानकारी दिएका हुन् ।

    images
    images

    उनका अनुसार वार्ता यस्तो चरणमा पुगेको छ कि रोकिएको सम्पत्तिमा पहुँचमा कुनै अवरोध महसुस गर्‍यो भने इरान सम्झौताबाट पछि हट्न सक्नेछ । अजोरलुको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘१२ अर्ब डलरमा पहुँचको संरचनाले नै सम्झौता कार्यान्वयनको ग्यारेन्टीको काम गर्नुपर्छ । यदि सम्पत्तिमा पहुँच अवरुद्ध भयो भने इरान सम्झौताबाट बाहिरिन सक्ने अवस्था रहन्छ ।’उनका अनुसार माग गरिएको १२ अर्ब डलरमध्ये ६ अर्ब डलर इरानको पहिलेदेखि रोकिएको सम्पत्ति हो । बाँकी ६ अर्ब डलर भने यस चरणमा थप रूपमा मुक्त गरिनुपर्ने रकम हो । यसअघि तस्निम न्यूज एजेन्सीले तेहरान र वाशिङ्टनबिच अन्तरिम सम्झौता भएमा कुल २४ अर्ब डलर बराबरको इरानी सम्पत्ति फुकुवा हुन सक्ने जनाएको थियो । त्यसमध्ये आधा रकम सम्झौता घोषणा हुनेबित्तिकै उपलब्ध गराइने बताइएको थियो ।

    समाचारअनुसार कतारले उक्त रकमको ग्यारेन्टरको भूमिका निर्वाह गर्न सहमति जनाएको थियो । अजोरलुले भने, ‘हामी वार्तामा जाने, सम्झौता गर्ने र फेरि अर्काे युद्ध सुरु भएमा आफ्नै सम्पत्तिमा पहुँच गुमाउने अवस्था चाहँदैनौँ ।’यद्यपि कतारले भने आफूले सम्झौता सम्पन्न गराउन इरानलाई १२ अर्ब डलर प्रस्ताव गरेको भन्ने समाचारको खण्डन गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend