images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एक महिनाभित्र रिलायन्स स्पिनिङ मिल्ससहित चार...

एक महिनाभित्र रिलायन्स स्पिनिङ मिल्ससहित चार कम्पनीका सेयरको लकइन अवधि सकिँदै

एक महिनाभित्र रिलायन्स स्पिनिङ मिल्ससहित चार कम्पनीका सेयरको लकइन अवधि सकिँदै

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । करिब एक महिनाको अवधिमा चार वटा सूचीकृत कम्पनीका सेयरको लकइन अवधि समाप्त हुने भएको छ। संस्थापक, आयोजना प्रभावित, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएका सेयरहरू लकइन अवधि सकिएसँगै बजारमा कारोबारका लागि खुला हुनेछन्।सूचनाअनुसार रावा इनर्जीको संस्थापक, कर्मचारी तथा स्थानीयबासीका लागि छुट्याइएको कुल २० लाख ६२ हजार ७१७ कित्ता सेयर जेठ २९ गतेपछि लकइनबाट बाहिरिनेछ।

    images
    images

    त्यस्तै नेपाल रिपब्लिक मिडियाका संस्थापक समूहका ५३ लाख २२ हजार कित्ता र कर्मचारीका ८० हजार १५९ कित्ता सेयर असार १० गतेपछि लकइन अवधि समाप्त भई कारोबारमा आउनेछन्।यसैगरी रिलायन्स स्पिनिङ मिल्सका सामूहिक लगानी कोषका लागि छुट्याइएका ५७ हजार ७९८ कित्ता सेयर असार १८ गतेदेखि बजारमा कारोबारयोग्य हुनेछन्।त्यसैगरी अपर स्याङ्गे हाइड्रोपावर का संस्थापक, आयोजना प्रभावित र कर्मचारीका कुल १५ लाख ६३ हजार कित्ता सेयर असार २१ गतेपछि लकइन समाप्त भई बजारमा प्रवेश गर्नेछन्।विश्लेषकहरूका अनुसार एकै महिनामा ठूलो परिमाणमा लकइन खुलेसँगै सम्बन्धित कम्पनीहरूको सेयर आपूर्तिमा वृद्धि भई अल्पकालीन रूपमा बजारमा दबाब देखिन सक्ने सम्भावना रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend