images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ गतेदेखि...

सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ गतेदेखि सर्वसाधारणका लागि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ गतेदेखि सर्वसाधारणका लागि खुल्ने

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आगामी जेठ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट प्रक्रिया सम्पन्न गरेपछि अब आम लगानीकर्ताका लागि आईपीओ ल्याउन लागेको हो।कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँ मूल्यका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गरेको थियो। स्वीकृत कुल शेयरमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको थियो, जसको बाँडफाँट सम्पन्न भइसकेको छ।

    images
    images

    त्यसैगरी, सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ४२ हजार कित्ता शेयर पनि वितरण गरिसकिएको कम्पनीले जनाएको छ।अब कम्पनीले कर्मचारीहरूको लागि सुरक्षित गरिएको १७ हजार कित्ता शेयर बाहेक बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। उक्त शेयरको कुल मूल्य ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबर हुनेछ।कम्पनीको आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले तोकिएको अवधिभित्र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend