images

२०८३ आश्विन १६ गते

images
images
images

बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’

बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौँ, १९ जेठ । यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले  गरेको छ । 

    images
    images

    चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले आठ करोड हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले रु सात करोड ९० लाख ३१ हजार ४७६ कमाई गरेको छ । 

    अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ को सोही अवधिमा कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले चलचित्रसँग जोडिएको सम्पूर्ण सदस्यलाई उत्साहित बनाएको अभिनेता रवीन्द्रसिंह बानियाँले बताएका छन्। 

    images
    images

    उनले भने, “हामीले दर्शकबाट पाएको मायाले मेहनतको फल पाएको आभाष भएको छ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, जसलाई दर्शकले रुचाएका छन् । यो चलचित्रले शिक्षा नभई जीवन उज्यालो हुन सक्दैन भन्ने सन्देश प्रवाह गर्छ ।” उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । 

    उक्त चलचित्रमा अभिनेता बानियाँसँगै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै, गत वैशाख ११ गते प्रदर्शन भएको चलचित्र ‘परालको आगो’ ले रु चार करोड २७ लाख ८४ हजार ४४५ कमाई गरेको छ । सुशील पोखरेलले निर्माण गरेका उक्त चलचित्रका लागी कुल एक लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन् । 

    लक्ष्मण सुनारको निर्देशनमा तयार भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी लगायत कलाकारले अभिनय गर्नुभएको छ । यस्तै, गत २५ वैशाख देखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङ्गले’ ले रु ५१ लाख ७३ हजार ७९३ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल १६ हजार १८८ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गगरेका उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल लगायत कलाकारले अभिनय गरेका छ । प्रकु पाण्डेयले निर्देशन गरेका उक्त चलचित्रले घरेलुबजारमा राम्रो कमाइ गर्न सकेको छैन । 

    गत वैशाख २५ मै प्रदर्शन भएको चलचित्र ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गरेका उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टीका सानु, सुस्मा थापा, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसी, गिरीबहादुर पुनलगायत कलाकारले अभिनय गरेका छन् ।

    यस्तै, गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ कमाई गरेको छ । सहारा शर्माले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कूल एक हजार ५०५ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मा लगायतले अभिनय गरेका छन् ।

    गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले रु ३३ लाख २६ हजार ३२० कमाई गरेको छ । निमेष श्रेष्ठले निर्देशन गरेका उक्त चलचित्रका लागि कुल १० हजार ८५५ टिकट बिक्री भएका छन् । ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।

    यस्तै, गत जेठ ८ मा प्रदर्शन भएका दुई चलचित्र ‘काजी’ र ‘मित ज्यू’ ले दर्शकको राम्रो साथ पाएको छैन । यी दुई चलचित्रले पहिलो साता सुखद व्यापार गर्न सकेको छैन । अभिनेत्री विपिन कार्की, अभिनेत्री केकी अधिकारी, गरिमा शर्माले अभिनय गरेका चलचित्र ‘काजी’ ले रु ४० लाख ८८ हजार १७५ कमाएको छ । लक्ष्मण रिजालले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कुल १३ हजार सात वटा टिकट बिक्री भएका छन् । रामप्रसाद रिजालले निर्माण गर्नुभएको उक्त चलचित्रमा ग्रामिण भेगको प्रेमकथा देखाइएको थियो ।   

    गत जेठ ८ मै प्रदर्शन भएको चलचित्र ‘मितज्यू’ ले सोही अवधिमा रु एक करोड २० लाख ५९ हजार ८२ कमाई गरेको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल ४१ हजार २४८ टिकट बिक्री भएका छन् ।  जनक घर्तीमगरले निर्माण गर्नुभएको उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, टेरिया फौजा मगरलगायत कलाकारले अभिनय गरेका छन् ।
     
    बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको सार्वजनिक तथ्याङ्कअनुसार यस वर्ष जेठ मध्यसम्म प्रदर्शन भएका चलचित्रमा घरेलुबजारमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘लालीबजार’ देखिएको छ । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend