images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • फिल्म ब्लकबस्टर भएपछि सूर्याले सिनेमेटोग्राफर र...

फिल्म ब्लकबस्टर भएपछि सूर्याले सिनेमेटोग्राफर र सङ्गीतकारलाई उपहार दिए लाखौँको गाडी

फिल्म ब्लकबस्टर भएपछि सूर्याले सिनेमेटोग्राफर र सङ्गीतकारलाई उपहार दिए लाखौँको गाडी

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • हैदराबाद । तमिल फेन्टेसी एक्सन फिल्म ‘करुप्पू’ ले यतिबेला बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। दक्षिण भारतीय चलचित्रका सुपरस्टार सूर्या र अभिनेत्री तृषा कृष्णन स्टारर यो फिल्म रिलिज भएको केही दिनमै ब्लकबस्टर साबित भएको हो।गत मे १५ मा सिनेमाघरहरूमा रिलिज भएको यस एक्सन फिल्मले विश्वभर प्रदर्शनको मात्र १५ दिनमा ३०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ। योसँगै यो फिल्म यस वर्षको सबैभन्दा ठुला सुपरहिट फिल्महरूको सूचीमा समावेश हुन सफल भएको छ। 

    images
    images

    फिल्मको यो ऐतिहासिक सफलताबाट अभिनेता सूर्या निकै उत्साहित र खुसी भएका छन्। उनको खुसीको अन्दाज यसै कुराबाट लगाउन सकिन्छ कि उनले फिल्म सफल भएपछि आफ्ना मुख्य प्राविधिक टोलीलाई महँगा गाडीहरू उपहार स्वरूप प्रदान गरेका छन्।सूर्याले फिल्मका सिनेमेटोग्राफर जीके विष्णु र सङ्गीतकार साई अभ्यङ्करलाई नयाँ ‘महिन्द्रा बीई ६ ब्याटम्यान एडिसन’ कार उपहार दिएका हुन्। भारतीय बजारमा यस गाडीको मूल्य २७ लाखदेखि ३० लाख भारुको बिचमा पर्ने बताइएको छ। उपहारमा गाडी पाएपछि सङ्गीतकार अभ्यङ्करले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै सूर्यालाई धन्यवाद ज्ञापन गरेका छन्। त्यस्तै सिनेमेटोग्राफर जीके विष्णुले पनि सूर्याबाट पाएको गाडीसँग तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘बस भगवानको कृपा। धन्यवाद सूर्या सर। तपाईँको मन निकै ठुलो छ।’

    आरजे बालाजीको निर्देशनमा तयार भएको ‘करुप्पू’ बक्स अफिसमा मात्र १५ दिनमा व्यावसायिक रूपमा निकै सफल साबित भइसकेको छ। विभिन्न प्रतिवेदनहरूका अनुसार फिल्मले विश्वभर ३०० करोडको आँकडा पार गर्दा भारतमा मात्रै ग्रस २ सय ४ करोड र नेट कलेक्सन १ सय ७७ करोड भारुको हाराहारीमा गरिसकेको छ। यस फिल्मको कथावस्तु एक संरक्षक देवताको वरिपरि घुम्छ, जसले देशको न्यायिक व्यवस्थाभित्र जरो गाडेर बसेको भ्रष्टाचारलाई अन्त्य गर्नका लागि एउटा वकिलको रूपमा मानव अवतार लिन्छ। फिल्ममा सूर्या र तृषाको मुख्य अभिनयले दर्शकको मन जितिरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend