images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • तेलको मूल्य यथावत्, निगमको घाटा ६३...

तेलको मूल्य यथावत्, निगमको घाटा ६३ करोड नाघ्यो

तेलको मूल्य यथावत्, निगमको घाटा ६३ करोड नाघ्यो

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपाल आयल निगमको घाटा पनि बढेको छ। पछिल्लो १५ दिनमा निगमले ६२ करोड ८६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ।

    images
    images

    घाटा बढे पनि निगमले तत्काल इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ। हाल पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ, डिजेल तथा मट्टितेल २२५ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २,१६० रुपैयाँ कायम रहनेछ।

    मध्यपूर्वको तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य उकालो लागे पनि उपभोक्तामाथि थप भार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत् राखिएको निगमले जनाएको छ। निगमले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार मूल्य समायोजनबारे निर्णय गरिने स्पष्ट पारेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend