images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • काठमाडौँ महानगरले कक्षा ११ छात्रवृत्तिको प्रारम्भिक...

काठमाडौँ महानगरले कक्षा ११ छात्रवृत्तिको प्रारम्भिक योग्यता सूची २४ घण्टाभित्र सार्वजनिक गर्ने

काठमाडौँ महानगरले कक्षा ११ छात्रवृत्तिको प्रारम्भिक योग्यता सूची २४ घण्टाभित्र सार्वजनिक गर्ने

images
images
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कक्षा ११ का लागि सञ्चालन गरिएको छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक योग्यता सूची २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।  महानगरका शिक्षा अधिकारी नमराज ढकालका अनुसार प्रारम्भिक योग्यता सूची प्रकाशनपछि दुई दिनको समय पुनर्योगका लागि दिइनेछ। त्यस अवधिमा परेका दाबीको निरूपणपछि अन्तिम योग्यता क्रम सार्वजनिक गरिनेछ।

    images
    images

    ‘अबको २४ घण्टाभित्र योग्यता क्रमको प्रारम्भिक नतिजा प्रकाशन गर्ने तयारी गरिरहेका छौँ’, ढकालले भने, ‘प्रारम्भिक नतिजामा चित्त नबुझ्नेका लागि २ दिन पुनर्योगको समय दिइनेछ। त्यसपछि अन्तिम योग्यता क्रम प्रकाशित गरी पहिलो चरणको मनोनयन प्रक्रिया अघि बढाइनेछ।’महानगरका अनुसार उत्तरपुस्तिकाको परीक्षण ओएमआर विधिबाट गरिनेछ।शिक्षा अधिकृत प्रह्लाद खतिवडाले प्रणालीबाट प्राप्त नतिजामध्ये करिब ५ प्रतिशत उत्तरपुस्तिकाको नमुना परीक्षण (रेन्डम स्याम्प्लिङ) समेत गरिने जानकारी दिए। छात्रवृत्ति छनोट प्रक्रिया पारदर्शी र प्राविधिक प्रणालीमा आधारित बनाइएकाले नतिजा सार्वजनिक प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने महानगरले जनाएको छ।

    परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार पाँच सय ४९ जना छात्र र १० हजार तीन सय ३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार आठ सय ८८ जना विद्यार्थीमध्ये २६ हजार ६ सय तीनजना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदकमध्ये २२ हजार १६ जना अर्थात् ८२.७६ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी भए।छात्रवृत्ति परीक्षा समितिका संयोजकसमेत रहेका ढकालले स्वच्छ वातावरणमा परीक्षा सम्पन्न भएको जानकारी दिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend