काठमाडौं, जेठ १७ । जीडी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनीले असार १ गते सोमबार बिहान ८ बजे काठमाडौंस्थित आफ्नो रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको जनाएको छ।
सभाले आईपीओ निष्काशन गर्ने, जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा दायित्व समायोजनका लागि शेयर बिक्री तथा बाँडफाँड गर्न आवश्यक अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।
कम्पनीले आईपीओ निष्काशन प्रक्रियालाई अगाडि बढाउन आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था मिलाउन पनि सञ्चालक समितिलाई अख्तियारी दिने जनाएको छ।




.gif)





