काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको 'तेज' ब्राण्डको तोरीको तेल न्यूनस्तरको पाइएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना प्रयोगशालामा परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नपाइएको भन्दै उक्त तेल जफत र फिर्ता गर्न आदेश दिएको हो ।
रुपन्देहीको गुरुबानियामा रहेको सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित उक्त तोरीको तेलमा समस्या देखिएको विभागले जनाएको छ । विभागका अनुसार २०८२ फागुन २८ गते उत्पादन भएको 'ब्याच नं. २०' को तेलमा तोकिएको मापदण्ड नपुगेको पाइएको हो ।खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) को प्रावधान बमोजिम विभागले उक्त ब्याचका सम्पूर्ण तेलहरू बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । साथै, सोही ऐनको उपदफा (४) बमोजिम उक्त ब्याचको तेल बिक्री वितरण नगर्न र नगराउन समेत आदेश जारी गरिएको छ ।




.gif)



