images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • जनता एग्रोले ५० करोडको आईपीओ निष्कासन...

जनता एग्रोले ५० करोडको आईपीओ निष्कासन गर्ने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकमा

जनता एग्रोले ५० करोडको आईपीओ निष्कासन गर्ने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकमा

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं । जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।कम्पनीको २०८२ मंसिर २२ गते सम्पन्न साधारण सभाको निर्णयअनुसार ५० करोड रुपैयाँ बराबरको साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागिएको हो ।यस प्रारम्भिक सार्वजनिक निष्कासन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र कानुनी ढाँचा अनुरूप सम्पन्न गर्न कम्पनीले आवश्यक पेशागत सेवा प्रदायक संस्थाहरू छनोट गरी सम्झौता समेत गरिसकेको छ ।

    images
    images

    जसअनुसार, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड लाई नियुक्त गरिएको छ ।त्यस्तै, क्रेडिट रेटिङका लागि केयर एज रेटिङ्सलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।कम्पनीको हालको जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसमध्ये २ अर्ब रुपैयाँ प्रवर्द्धक सेयरको रूपमा रहनेछ भने बाँकी ५० करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।‘खेती देखि विक्रेतासम्म’को अवधारणालाई आत्मसाथ गर्दै जनता एग्रोले कृषि तथा वन पैदावारका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता पूर्ति गर्ने लक्ष्य राखेको छ ।

    प्राकृतिक स्रोत र मानव क्षमतालाई जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै ‘समृद्ध राष्ट्र र सुखी नेपाली’ को अभियानमा योगदान पुर्‍याउनु कम्पनीको मुख्य उद्देश्य रहेको छ ।कम्पनीले आफ्ना व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूबाट प्राप्त निरन्तर विश्वास र समर्थनले संस्थागत विकास र बजारप्रतिको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।आईपीओ निष्कासनसँगै कम्पनीले आफ्नो आगामी यात्रालाई अझ सुदृढ र उत्तरदायी ढंगले अघि बढाउने विश्वास व्यक्त गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend