images

२०८३ आश्विन १६ गते

images
images
images

देउराली जनताले चितवनमा ५ अर्ब खर्चर नयाँ औषधि उद्योग बनाउने

देउराली जनताले चितवनमा ५ अर्ब खर्चर नयाँ औषधि उद्योग बनाउने

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।कम्पनीले गत आवमा २ अर्ब ३५ करोड रुपैयाँ, सन् २०२४ मा २ अर्ब २ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो।गत आवमा कम्पनीको कारोबार १६ प्रतिशतले बढेको छ भने १९ प्रतिशत सञ्चालन नाफा गरेको छ । तर, चालु आवको ९ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा ३ प्रतिशतले कारोबारमा कमी आएको उल्लेख छ ।

    images
    images

    सन् १९९१ मा स्थापना भएको कम्पनी नेपालको सबैभन्दा पुरानो र स्थापित औषधि उद्योग हो । कम्पनीले विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले कार्डियोभास्कुलर, डाइबेटिज, गाइनोकोलोजी एन्ड चाइल्ड केयर, ग्यास्ट्रोलोजिक र हेपाटोलोजी, डर्माटोलोजी एलमेन्ट र अन्य औषधिजन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले २ सय ५० वटाभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।कम्पनीले आफ्नो उत्पादन क्षमतालाई बढाउने भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ लगानी थप गरी चितवनको मंगलपुरमा नयाँ औषधि उद्योग स्थापना गर्ने भएको हो ।कम्पनीले उद्योग निर्माणका लागि ७०:३० ऋण र इक्विटी (स्वपुँजी) अनुपात राखेको छ । कम्पनी हालसम्म ऋण व्यवस्थापनको अन्तिम चरणमा रहेको छ भने इक्विटीको प्रतिबद्धता गरिएको रकम भने लगानी गरेको छैन । कम्पनीले इक्विटीको रकम निर्माणको विभिन्न चरणमा लगानी गर्ने जनाएको छ ।

    कम्पनीले हालसम्म आन्तरिक स्रोत तथा सीमित मात्रामा बाह्य ऋण प्रयोग गरेर पुँजीगत खर्च गर्दै आएको छ । कम्पनीले आगामी दुई वर्षमा नयाँ औषधि उत्पादन उद्योग स्थापनाका लागि ऋणमा आधारित लगानी गर्ने योजना बनाएको हो । कम्पनीको हालको सम्पत्तिको तुलनामा प्रस्तावित लगानी निकै ठूलो आकारको रहेको उल्लेख छ । कम्पनीको हालको स्थिर सम्पत्ति २ अर्ब २३ करोड ३० लाख रुपैयाँ रहेको छ ।कम्पनीको पछिल्ला वर्षहरूमा चालू पुँजी क्रमशः बढ्दै गएको देखिन्छ । कम्पनीका अनुसार बजारबाट उठाउन बाँकी रकम ढिलो संकलन हुनु मुख्य कारण रहेको उल्लेख छ । सन् २०२५ मा कार्यशील पुँजी ४३ प्रतिशत रहेकोमा चालु आवको ९ महिनाको अवधिमा बढेर ६४ प्रतिशत पुगेको जनाएको छ ।हरिभक्त शर्माको ७१ प्रतिशत स्वामित्व रहेको कम्पनीमा अन्य स्वामित्व उनकै परिवारका छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब २९ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ४५ करोड र अल्पकालीन कर्जाका लागि १ अर्ब ८४ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले नयाँ परियोजनाका लागि नै ३ अर्ब ४५ करोड रुपैयाँ नयाँ दीर्घकालीन ऋण लिने योजना बनाएको हो ।ठुलो परियोजनाका लागि लिइने ऋण कै कारण कम्पनीको वित्तीय जोखिम बढ्ने देखिएकाले इक्रा नेपालले कम्पनीको रेटिङ ‘एलए माइनस’ बाट घटाएर ‘एल ट्रिपल बी प्लस’ मा झारेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend