काठमाडौं । बजार भित्रिएको दुई–चार दिनमै लिचीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको मूल्य बढेको देखाएको हो ।एक सातअघि बजारमा भारतीय र लोकल लिची भित्रिएका थिए । अहिले भने बजारमा लोकल लिची मात्रै रहेको कालीमाटीको तथ्यांकले देखाउँछ ।८ जेठमा भारतीय लिची थोकमा प्रतिकिलो औसत २ सय ६५ रुपैयाँमा किनबेच भएको थियो । लगातार ४ दिन सोही मूल्यमा भारतीय लिची किनबेच भएको तथ्यांकमा उल्लेख छ ।
आज बिहीबार भने उक्त लिची प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेर २ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।यस्तै नेपाली लोकल लिची भने १२ जेठ (मंगलबार) देखि बजारमा आएको हो । मंगलबार उक्त लिची थोकमा प्रतिकिलो औसत १ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।यस्तै हिजो बुधबार र आज बिहीबार भने लोकल लिचीको भाउ प्रतिकिलो थोकमा औसत ५० बढेर २ सय २५ रुपैयाँमा किनबेच भएको तथ्यांकले देखाउँछ ।अहिले तराईबाट बजारमा लिची आएको फलफूल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार १०–१५ दिनपछि पहाडबाट आउने छ । भारतको लिची भने एकदमै कम मात्रामा आएको उनीहरूको भनाइ छ ।आम उपभोक्ता भने लिची प्रतिकिलो ३ सय ५० रुपैयाँसम्ममा खरिद गरिरहेको बताउँछन् ।




.gif)



