images

२०८३ आश्विन १६ गते

images
images
images

उद्योग क्षेत्रमा ५ खर्ब लगानी स्वीकृत, पौने ८ लाख रोजगारीको अनुमान।

उद्योग क्षेत्रमा ५ खर्ब लगानी स्वीकृत, पौने ८ लाख रोजगारीको अनुमान।

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • काठमाडौँ । नेपालको उद्योग तथा लगानी क्षेत्रमा सकारात्मक सङ्केत देखिएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मात्रै उद्योग विभाग र लगानी बोर्डमार्फत करिब ५ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। अर्थमन्त्री वाग्लेका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्डबाट १ खर्ब २ अर्ब २६ करोड गरी कुल ४ खर्ब ९२ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । २०८२ फागुनसम्म आइपुग्दा उद्योग क्षेत्रमा स्वीकृत भएको कुल लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।

    images
    images

    ११ हजार बढी उद्योग दर्ता, पौने ८ लाखलाई रोजगारी

    लगानी स्वीकृतिसँगै नयाँ उद्योग दर्ता हुने क्रम पनि बढेको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना (फागुनसम्म) उद्योग विभागमा ९२१ वटा नयाँ उद्योग दर्ता भएका छन् । यससँगै २०८२ फागुनसम्म दर्ता भएका कुल उद्योगको सख्या ११ हजार १४० पुगेको छ ।दर्ता भएका उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आउँदा करिब ७ लाख ८५ हजार नागरिकले प्रत्यक्ष रोजगारी पाउने अनुमान सरकारले गरेको छ ।

    images
    images

    विदेशी लगानी सेवा क्षेत्रमा केन्द्रित, खनिजमा आकर्षण कम

    नेपालमा प्रत्यक्ष वैदेशिक लगानीतर्फ पनि प्रगति देखिएको छ । २०८२ फागुनसम्म उद्योग विभागमा कुल ७ हजार ९५१ परियोजनाका लागि ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको विदेशी लगानी स्वीकृत भइसकेको छ । सर्वेक्षण अनुसार विदेशी लगानीकर्ताहरूको पहिलो रोजाइमा सेवा उद्योग परेको छ । कुल स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी २८.३ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगटेको छ भने सबैभन्दा कम खनिज उद्योगमा जम्मा १।३ प्रतिशत मात्र लगानी स्वीकृत भएको छ ।

    कम्पनी दर्ता पौने ४ लाख नजिक, प्राइभेट लिमिटेडको वर्चस्व

    नेपालमा कम्पनी दर्ता गर्ने क्रम पनि उल्लेख्य छ । २०८२ फागुनसम्म दर्ता भएका कुल कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६४६ पुगेको छ । दर्ता भएका कम्पनीहरूको प्रकृति हेर्दा निजी कम्पनीहरूको एकाधिकार देखिएको छ । कुल कम्पनीमध्ये ९७.५ प्रतिशत प्राइभेट रहेका छन् भने अन्य प्रकृतिका कम्पनीहरूको हिस्सा मात्र २.५ प्रतिशत रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend