images

२०८३ आश्विन १६ गते

images
images
images

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • कैलाली, १३ जेठ । धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ ।

    images
    images

    मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले आज राति १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताएका छन् । यहाँ पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुर लगायत प्रदेशका विभिन्न स्थानका मानिसहरु आउने गरेका छन् । 

    परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । मन्दिरको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरुमा छ । 

    images
    images

    त्यस्तै यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि सडक मर्मत, बत्ती जडान लगायतको व्यवस्थापन गरिएको आयोजक व्यवस्थापन समितिले जनाएको छ । बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु आउने गरेका छन् । 

    धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विभिन्न चाडपर्वमध्ये गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड रहेको बताएका छन् । मेलाका अवसरमा उपमहानगरले सार्वजनिक बिदा पनि दिएको छ । यहाँ आउने भक्तजनहरुको सहजताका लागि निःशुल्क बस सञ्चालन गरिएको छ । आजबाट सुरु भएको मेला जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend