images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • उपभोक्तालाई थप भार: अन्डाको क्रेट मूल्य...

उपभोक्तालाई थप भार: अन्डाको क्रेट मूल्य फेरि १५ रुपैयाँले बढ्यो

उपभोक्तालाई थप भार: अन्डाको क्रेट मूल्य फेरि १५ रुपैयाँले बढ्यो

images
images
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  •  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा आज मंगलबारदेखि नयाँ फार्म समर्थन मूल्य कायम गर्ने निर्णय गरेको हो ।एक साता अवधिमा सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढेको छ ।

    images
    images

    चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यसूची अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ ।यसअघि ४ जेठदेखि लागु भएको दरमा यो अन्डाको मूल्य ५ सय ३० रुपैयाँ कायम थियो । त्यसैगरी ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ कायम गरिएको छ ।यसअघि ठूलो अन्डा प्रतिक्रेट ५ सय १५ रुपैयाँ र मिडियम अन्डा ४ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै सानो अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ तोकिएको संघले जनाएको छ ।अन्डाको उपभोक्ता मूल्य भने प्रतिगोटा २५ रुपैयाँ नै यथावत राखिएको छ ।बर्डफ्लुका कारण कुखुरा मासिएको र बजारमा उत्पादन तुलनामा माग बढी भएको कारण देखाउँदै संघले सातापिच्छे अन्डाको मूल्य बढाउँदै आएको छ ।संघ अध्यक्ष विनोद पोखरेलले उत्पादन लागत महँगो हुँदा किसानहरू पलायन हुने अवस्था आएको भन्दै मूल्य बढाउनु आफूहरूको बाध्यता रहेको बताउँदै आएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend