images

२०८३ आश्विन १८ गते

images
images
images

सेयर बजारमा हरियाली,झण्डै ६ अर्बको कारोबार

सेयर बजारमा हरियाली,झण्डै ६ अर्बको कारोबार

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । आगामी आर्थिक वर्षको बजेटको संघारमा सेयर बजारमा हरियाली छाएको हो । आज सेयर बजार परिसूचक २७.८५ अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७८६.३५ विन्दुमा पुगेको छ । आज सेयर बजार १ प्रतिशतले बढेको छ । सोमबार सेयर बजारमा २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । 

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स पनि ३.८५ अंकले बढेर ४७५.७४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको घटेको छ । परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । आज सेयर बजारमा ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ७५ हजार ८५६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend