images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • भारतमा उत्पादित आँपमा अधिक विषादी, जापानद्धारा...

भारतमा उत्पादित आँपमा अधिक विषादी, जापानद्धारा खरिद नगर्ने घोषणा

भारतमा उत्पादित आँपमा अधिक विषादी, जापानद्धारा खरिद नगर्ने घोषणा

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • जापानले यो वर्ष भारतबाट आँप आयात नगर्ने घोषणा गरेको छ । भारतीय आँपमा फ्युमिगेशन नामक विषादीको मात्रा उच्च मात्रामा भेटिएको भन्दै जापानले त्यस्तो घोषणा गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।जापानको प्लान्ट क्वारेन्टाइन अधिकारीहरूले केही समय निरीक्षण भ्रमणको क्रममा भारतीय किसान र स्टोरहरुमा फ्युमिगेसन र सम्बन्धित उपायहरूमा कमजोरी फेला पारेपछि यो कदम चालेको बताइएको छ । फ्युमिगेशन विषालु ग्याँसबाट कीराहरू मार्ने एउटा तरिका हो । निश्चित मात्रामा त्यस्लाई उपयोग गर्न सकिने भए पनि त्यसको लागि विशेष सावधानी अपनाउनु पर्नेमा भारतीय किसान र स्टोरहरुले मनपरिरुपमा प्रयोग गरिरहेको पाइएको बताइको छ । भारतीय आँपमा अन्य विषादीहरु पनि भेटिएको संचारमाध्यहरुले उल्लेख गरेका छन् ।

    images
    images

    जापानको कृषि, वन तथा मत्स्य पालन मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन अथोरिटीले भारतबाट आँप खरिद गर्न रोक लगाएको भारतीय व्यवसायीहरुले बताएका छन् । तर यसबारेमा भारत सरकारले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । विश्वको प्रमुख आँप उत्पादक देश भारतले गत वर्ष करिब ३२ हजार टन आँप निर्यात गरेको थियो । युईए, कतार, बेलायत, कुवेत, बंगलादेश, जापान आदी देश भारतीय आँपका प्रमुख आयातकर्ता हुन् । अहिले जापानको निर्णयले अरु देशलाई पनि असर पार्न सक्ने भएकोले भारतीय व्यवसायी र किसानको लागि थप चिन्तामा परेका छन् ।खासगरि, गुजरातमा उत्पादन हुने केसर प्रजातिको आँप हरेक वर्ष निकै ठूलो मात्रामा जापान निर्यात हुने गरेको थियो । तर, यो वर्ष भने जापानबाट अर्डरहरु आउन रोकिएको र पहिले गरिएका अर्डरहरु पनि धमाधम रद्ध गर्न थालिएपछि किसान र व्यवसायीहरु तनावमा परेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (एपीडा)ले अहिले आँप आयात बन्द गरेको विषयमा जापानी अधिकारीहरुसँग छलफल गर्ने प्रयास गरिरहेको बताइएको छ । तर, जापानी पक्ष भने यसबारेमा कुरै गर्न नचाहेकोले समस्या उत्पन्न भएको बताइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend