images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य...

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागिएको हो । उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाइने छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति (जेठ ११ गते) ले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर–६, धनुषामा निवेदन दिनुपर्नेछ ।

    images
    images

    निवेदनमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत स्पष्ट खुलाउनुपर्ने कम्पनीले जनाएको छ । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार सर्वसाधारणलाई उक्त सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend