images

२०८३ आश्विन २२ गते

images
images
images

मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन, ९२ करोड रुपैयाँभन्दा धेरैको बिक्री

मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन, ९२ करोड रुपैयाँभन्दा धेरैको बिक्री

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं । मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङका किसानले ९२ करोड रुपैयाँभन्दा धेरै भित्र्याएका छन् ।

    images
    images

    कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष झन्डै सात हजार तीन सय ३० मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार प्रारम्भिक मूल्याङ्कन गर्दा यस वर्ष झन्डै ९३ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात भएको छ तर पूरै तथ्याङ्क अझै आइसकेको छैन ।

    यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो । विगतको तुलनामा यस वर्ष झन्डै ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गएको वर्ष मुस्ताङमा ६ हजार पाँच सय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।रासस

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend