images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा,...

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा, को–को छन् प्रतिस्पर्धामा ?

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा, को–को छन् प्रतिस्पर्धामा ?

images
images
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अध्यक्ष पद नियुक्तिका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा परेका चार उम्मेदवारसँग कार्ययोजना प्रस्तुतीकरण तथा छलफल सम्पन्न गरेको छ।समितिले हिजो चारै जना उम्मेदवारलाई आफ्नो कार्ययोजना (बिजनेस प्लान) प्रस्तुत गर्न बोलाएको थियो। छलफल प्रक्रिया दिउँसो १ बजेदेखि सुरु भएर करिब २ः३० बजेसम्म चलेको बताइएको छ।

    images
    images

    स्रोतका अनुसार पूर्व कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट अध्यक्ष नियुक्तिको प्रतिस्पर्धामा बलिया दाबेदारका रूपमा हेरिएका छन्। डा. भट्टले आवेदन दिएपछि स्वार्थ बाझिने अवस्था आएको भन्दै अध्यक्ष छनोट समितिका सदस्य गुणाकर भट्टले राजीनामा दिएको चर्चा पनि बजारमा छ।यसअघि सेबोन अध्यक्ष नियुक्ति प्रक्रियामा ‘अन्तर्वार्ता’ शब्द प्रयोग हुँदै आएको भए पनि नयाँ सरकार गठनपछि यसपटक ‘छलफल’ शब्दावली प्रयोग गरिएको छ।प्रक्रियाअनुसार उम्मेदवारहरूले सेबोनको भावी कार्यदिशा, शेयर बजार सुधार, लगानीकर्ता हित संरक्षण तथा नियामकीय क्षमता सुदृढीकरणसम्बन्धी आफ्नो भिजन प्रस्तुत गरेका छन्।

    ४७ जना आवेदकमध्येबाट छनोट भएका चार जनामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन्। अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन् भने आचार्य हाल बहालवाला कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। त्यस्तै क्षेत्री र भट्ट दुवै नेपाल राष्ट्र बैंक का पूर्व कार्यकारी निर्देशक हुन्।कानुनी व्यवस्थाअनुसार सिफारिस समितिले अन्तिम मूल्यांकनपछि उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्नेछ। स्रोतका अनुसार मूल्यांकन प्रक्रिया सकिएसँगै समितिले भोलिसम्म सरकारलाई तीन जनाको नाम पठाउने सम्भावना बलियो छ। त्यसपछि मन्त्रिपरिषद्ले सिफारिस गरिएका तीनमध्ये एक जनालाई सेबोन अध्यक्षमा नियुक्त गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend