images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घट्यो,...

सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

images
images
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • काठमाडौँ। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो।महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४९ हजार ४ सय रुपैयाँ तोकिएको छ।सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

    आजको बजार मूल्य संक्षेपमा:

    images
    images
    सुन (प्रतितोला): २,९०,९०० (२,८०० ले घटेको)
    सुन (प्रति १० ग्राम): २,४९,४००
    चाँदी (प्रतितोला): ५,०१० (१०५ ले घटेको)
    चाँदी (प्रति १० ग्राम): ४,२९५

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend