images

२०८३ आश्विन १६ गते

images
images
images

१० महिनामा नेपालको वैदेशिक व्यापार १४.७५ प्रतिशतले वृद्धि, व्यापार घाटा १४ खर्बभन्दा बढी

१० महिनामा नेपालको वैदेशिक व्यापार १४.७५ प्रतिशतले वृद्धि, व्यापार घाटा १४ खर्बभन्दा बढी

images
images
शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौं- चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । यस अवधिमा नेपालले २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.२५ प्रतिशतले बढी हो।यस्तै, आयात पनि १४.८२ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यही अवधिमा आयात १४ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो।

    images
    images

    भन्सार विभागको तथ्यांकअनुसार कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले वृद्धि भई १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कुल व्यापार १६ खर्ब ९२ अर्ब रुपैयाँ बराबर थियो।यद्यपि व्यापारसँगै व्यापार घाटा पनि बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १४.९२ प्रतिशतले बढी हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend