images

२०८३ आश्विन १६ गते

images
images
images

जेठ ८ गतदेखि काठमाडौंमा हस्तकला एक्स्पो

जेठ ८ गतदेखि काठमाडौंमा हस्तकला एक्स्पो

images
images
सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • काठमाडौँ । नेपाल हस्तकला महासंघको आयोजनामा जेष्ठ ८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने भएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदै जेष्ठ ८ गतदेखि १० गतेसम्म काठमाडौंको  अम्रपाली एभेन्टमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने जनाएको हो ।

    images
    images

    हस्तकला व्यवसायको विकास विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले नेपाल हस्तकला एक्स्पो आयोजना गरिएको महासंघी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिइन् ।  एक्स्पोमा मेक इन नेपाल, मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी संभाव्यता भएका बस्तुहरुको करिव ७० वटा स्टल रहने उनले बताइन् । एक्स्पोबाट स्थानीय हस्तकलाको बजार विस्तार, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापीत हुने, मूर्त अमूर्त कला संस्कृति एवं पराम्परागत परिकारहरुको संरक्षणमा सहयोग पुने विश्वास रहेको उपाध्यक्ष श्रेष्ठले बताइन् । मेलाको आकर्षणको रुपमा हस्तकला प्रदर्शनी तथा बिक्रि कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन, स्थानीय उद्योगी, कलाकार÷कालीगढहरुको सीप प्रदर्शन लगाएत रहेको महासंघले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend