images

२०८३ आश्विन १६ गते

images
images
images

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व संकलन

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व संकलन

images
images
सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • काठमाडौँ।  घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व संकलनमा वृद्धि भएको छ । चैतमा घर जग्गा कारोबारबाट कूल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व संकलन भएकामा  वैशाखमा कूल रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ बराबरको राजस्व संकलन भएको छ । 

    images
    images

    मि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट रु ३४ करोड ४० लाख ६३ हजार चार सय दुई, रजिष्ट्रेशन दस्तुरबाट रु तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार एक सय १७, पूँजीगत लाभकरबाट रु दुई अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ संकलन भएको छ । यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु चार करोड ४८ लाख ७८ हजार तीन सय १८ संकलन भएको छ ।शुल्क गत चैतमा सेवाकरमार्फत रु ३६ करोड एक लाख ५५ हजार पाँच सय ७१, रजिष्ट्रेशन दस्तुरबाट रु तीन अर्ब २२ करोड ८४ लाख ६० हजार पाँच सय ६२ संकलन भएको थियो । यस्तै, पुँजीगतलाभकर वापत रु दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ संकलन भएको थियो ।मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु चार करोड ६२ लाख ९९ हजार सात सय ८० बराबरको रकम संकलन भएको विभागले जनाएको छ ।

    गत फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार नौ सय ३२ बराबरको राजस्व संकलन भएको थियो । विभागका अनुसार, गत माघमा भने रु पाँच अर्ब ९९ लाख २४ हजार पाँच सय ३६ बराबरको राजस्व संकलन भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend