images

२०८३ आश्विन १८ गते

images
images
images

माछापुच्छ्रे बैंकका ८ वटा शाखा बन्द

माछापुच्छ्रे बैंकका ८ वटा शाखा बन्द

images
images
सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) गरी बन्द गर्ने भएको छ । बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने जनाएको हो ।बैंकका अनुसार शाखा समायोजनपछि सम्बन्धित ग्राहकहरूले तोकिएको नजिकको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । समायोजनअनुसार चितवनस्थित हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ भने काठमाडौंको बालाजु शाखा गोंगबु शाखासँग समायोजन हुनेछ । त्यसैगरी खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखा दरबारमार्ग शाखामा गाभिने बैंकले जनाएको छ ।

    images
    images

    यस्तै गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा समायोजन गरिनेछ भने मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखामा गाभिने बैंकले जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend