images

२०८३ आश्विन १६ गते

images
images
images

मत्स्यनारायणमा भक्तजनको घुइँचो

मत्स्यनारायणमा भक्तजनको घुइँचो

images
images
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ, ३ जेठ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

    images
    images

    हरेक तीन वर्षमा पर्ने अधिकमासमा चन्द्रागिरी नगरपालिका–९ मा रहेको उक्त मन्दिरमा एक महिनासम्म मेला लाग्ने गर्छ । यो मेलालाई मत्स्यनारायण मेला पनि भनिन्छ । आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको मत्स्यनारायण मेला व्यवस्थापन समितिको संयोजक अच्युत अधिकारीरले जानकारी दिएका छन् ।

    मन्दिरसँगैको कुण्डमा स्नान गरी त्यसको मध्यभागमा रहेको भगवान् मत्स्यनारायणको दर्शन गरेमा पाप नास हुने जनविश्वास छ । साथै छालालगायत घाउ, खटिराको रोग पनि निको हुने मानिन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend