images

२०८३ आश्विन १८ गते

images
images
images

नबिल बैंकको एनबैंक एपमार्फत अब सहज रूपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत अब सहज रूपमा एसआइपी सेवा लिन सकिने

images
images
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ, ३ जेठ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ एप ‘एनबैंक’मा लगानी सम्बन्धी सेवा विस्तार गर्दै ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआइपी)’ सेवा सुरु गरेको छ। बैंकले लगानी सेवालाई अझ सहज, सुरक्षित र पूर्ण रूपमा डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

    images
    images

    यो सुविधा वैशाख ३१ गते नबिल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड बीच भएको समझदारीपछि सुरु गरिएको हो। समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतआदर्श बजगाई तथा नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।

    बैंकका अनुसार अब एनबैंक प्रयोगकर्ताले एपको होमपेजमा रहेको ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमार्फत सजिलै एसआइपीमा दर्ता हुन तथा किस्ता भुक्तानी गर्न सक्नेछन्। यस सेवाका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने पनि बैंकले जनाएको छ।

    images
    images

    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बजगाईंले ग्राहकलाई सरल, पहुँचयोग्य र पूर्ण डिजिटल लगानी सेवा उपलब्ध गराउने उद्देश्यले यो सुविधा थप गरिएको बताए। उनका अनुसार यसले ग्राहकलाई लगानीतर्फ आकर्षित गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

    बैंकले विदेशमा रहेका नेपालीले पनि अब सहज रूपमा नेपालको वित्तीय बजारमा सहभागी हुन सक्ने जनाएको छ। विस्तारित डिजिटल सुविधासँगै एनबैंकमार्फत एकीकृत वित्तीय सेवा थप विस्तार गर्दै लैजाने योजना बैंकको रहेको छ।

    हाल नबिल बैंकले देशभर २६६ शाखा तथा ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको बैंकले डिजिटल बैंकिङ र दिगो बैंकिङ अवधारणालाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend