images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ...

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ५९ हजार ३४५ रुपैयाँ थियो।

    images
    images

    सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ रहेको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ६२१ रुपैयाँ कायम भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend