images

२०८३ आश्विन १६ गते

images
images
images

एभरेष्ट बैंकले कमायो १ अर्ब १२ करोड नाफा, अन्य सूचक कस्तो ?

एभरेष्ट बैंकले कमायो १ अर्ब १२ करोड नाफा, अन्य सूचक कस्तो ?

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म एभरेष्ट बैंकको खुद नाफा ४४.४४ प्रतिशतले बढेको छ । 

    images
    images

    गत आवको पहिलो त्रैमाससमा ७८ करोड ७ लाख रुपियाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा १ अर्ब १२ करोड ७७ लाख रुपियाँ नाफा कमाएको छ ।

    समीक्षा अवधिमा​ चालू आवको असोज मसान्तसम्म आइपुग्दा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यही अवधिमा बैंकले ७८ करोड ७ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको थियो ।

    images
    images

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १३.०९ प्रतिशतले वृद्धि भएर २ अर्ब १३ करोड ९० लाख रुपियाँ पुगेको छ । यो गत वर्ष १ अर्ब ८९ करोड १५ लाख रुपियाँ थियो । यस्तै कम्पनीको सञ्चालन नाफा पनि १ अर्ब ११ करोड ५३ लाख रुपियाँ बाट बढेर १ अर्ब ६१ करोड १६ लाख रुपियाँ पुगेको छ ।

    समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी पनि २ अर्ब ३८ करोड रुपियाँबाट बढेर २ अर्ब ६७ करोड रुपियाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रुपियाँ छ ।

    कुल चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपियाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ६३ करोड र रिजर्भमा १३ अर्ब ५३ करोड ५५ लाख रुपियाँ छ । 

    बैंकको खराब कर्जा ०।९० प्रतिशतबाट घटेर ०.७७ प्रतिशतमा झरेको छ । बैंकको आधार दर ६.८० प्रतिशत, ईपीएस ३४.८५ रुपियाँ र पीई अनुपात १७.७९ प्रतिशत छ भने नेटवर्थ पर शेयर २१९.१ रुपियाँ पैसा छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend