images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • अष्ट्रेलियाबाट सङ्कलित पुनर्नवीनीकरण सामग्री बेचेर नेपालका...
अर्थसमाचार संवाददाता

अष्ट्रेलियाबाट सङ्कलित पुनर्नवीनीकरण सामग्री बेचेर नेपालका विद्यार्थीलाई कापी सहयोग

अष्ट्रेलियाबाट सङ्कलित पुनर्नवीनीकरण सामग्री बेचेर नेपालका विद्यार्थीलाई कापी सहयोग

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौँ । फलाङ फूड डिक्शनरीका लेखक शिव न्यौपानेले अष्ट्रेलियाको मेलबर्नमा आफ्नो बिदाको समय सामाजिक सेवामा समर्पित गर्दै आएका छन्। उनले फलाम, स्टील, पीतल, तामा लगायत घरायसी पुनर्नवीनीकरण सामग्री सङ्कलन तथा बिक्री गरेर प्राप्त रकम नेपालका विद्यार्थीहरूका लागि कापी खरिदमा प्रयोग गर्दै आएका छन्।

    images
    images

    सुरुमा पुनर्नवीनीकरण हुने बोतल सङ्कलनमा केन्द्रित उनले पछिल्लो समय अन्य धातुजन्य सामग्रीसमेत सङ्कलन गर्न थालेपछि सामाजिक अभियानका लागि उपलब्ध कोषमा वृद्धि भएको बताएका छन्।

    गत मे १२ मा उनले शिक्षक होमराज पौडेल मार्फत एक विद्यालयलाई केही दर्जन कापी हस्तान्तरण गरेका थिए।

    images
    images

    न्यौपानेले नेपाली समुदायलाई प्रयोगविहीन भान्साका भाँडाकुँडा तथा अन्य पुनः प्रयोग गर्न सकिने सामग्री सहयोग गर्न आग्रह गरेका छन्। ती सामग्री सङ्कलन गरी बिक्रीबाट प्राप्त रकम पुनः शैक्षिक सहयोगमा खर्च गरिने उनको भनाइ छ।

    वित्तीय स्रोत सीमित भए पनि प्रयोगविहीन सामग्रीलाई पुनः उपयोग गरेर सामाजिक सेवामा लगाउन सकिने उदाहरण न्यौपानेले प्रस्तुत गरेका छन्। उनको यस अभियानले दीर्घकालसम्म परोपकारी कार्यलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend