काठमाडौं । शाइन रेसुंगा डेभलपमेनट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १९ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २४.८९ प्रतिशतले बढेको छ।
बैंकको सञ्चालन मुनाफा २०.०४ प्रतिशतले बढेर ३५ करोड २० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २९ करोड ३३ लाख रुपैयाँ थियो। ब्याज आम्दानी बढेर ६५ करोड ८८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ५१ करोड १३ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड २९ लाख रुपैयाँ थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २०.२३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १७.९० रुपैयाँ थियो। पीई रेसियो २४.८२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१.०३ रुपैयाँ रहेको छ।




.gif)





