काठमाडौं । रोयल इन्फिल्ड नेपालले दुई-पाङ्ग्रे पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रेन्टल पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ ।ललितपुरमा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो ।नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमेटिभले आयोजना गरेको कार्यक्रममा ४० वटा मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि तथा कम्पनीका कर्मचारी सहभागी भएका थिए ।
कार्यक्रममा नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटन क्षेत्रका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरिएको थियो । सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव तथा व्यवसायिक दिगोपनासम्बन्धी समस्याबारे धारणा राखेका थिए ।वक्ताहरूले दुई-पाङ्ग्रे पर्यटनले नेपालमा विदेशी पर्यटक भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए । उनीहरूले नेपाललाई एड्भेन्चर मोटरसाइकलिङको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न पनि यो क्षेत्र उपयोगी हुने उल्लेख गरेका थिए ।कार्यक्रममा उद्योगबीच समन्वय बढाएर सरकारी निकायसमक्ष साझा सुझाव प्रस्तुत गर्न आवश्यक रहेकोमा समेत जोड दिइएको थियो ।
आयोजक अल्फा अटोमोटिभले रेन्टल पार्टनरहरूसँग सहकार्य, समन्वय तथा उद्योगसम्बन्धी जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । त्यस्तै रोयल इन्फिल्डले नेपालमा राइडिङ इकोसिस्टमलाई थप सशक्त बनाउन साझेदारी, कम्युनिटी इन्गेजमेन्ट तथा दिगो पर्यटनसम्बन्धी पहललाई निरन्तरता दिने जनाएको छ ।सन् १९०१ देखि उत्पादनमा रहेको रोयल इन्फिल्ड विश्वकै पुराना मोटरसाइकल ब्रान्डमध्ये एक मानिन्छ । कम्पनीले हाल Guerrilla 450, Classic 350, Himalayan 450 लगायतका प्रिमियम मोटरसाइकल उत्पादन गर्दै आएको छ ।




.gif)





