images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को प्रश्नपत्र ह्वाट्सएप ग्रुपमा...

कक्षा १२ को प्रश्नपत्र ह्वाट्सएप ग्रुपमा कसरी पुग्यो ?

कक्षा १२ को प्रश्नपत्र ह्वाट्सएप ग्रुपमा कसरी पुग्यो ?

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ, ३० वैशाख । नेपाल प्रहरी को साइबर ब्युरोले कक्षा १२ को परीक्षा अगावै प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालमार्फत फैलाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ।

    images
    images

    पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ घर भई सुविधानगर बस्दै आएका ३८ वर्षीय निराजन शाही र धादिङको निलकण्ठ नगरपालिका–३ घर भई हाल कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ रहेका छन्।

    साइबर ब्युरो का प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरी का अनुसार आरोपितहरूले ह्वाट्सएपमा ‘कक्षा १२ व्यवस्थापन मात्र’ नामक ग्रुप तथा फेसबुक र मेसेन्जर ग्रुप सञ्चालन गरेर परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र र उत्तर सार्वजनिक गर्ने गरेका थिए।

    images
    images

    प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आदानप्रदान भएको सूचनापछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले विभिन्न ग्रुप बनाएर परीक्षासम्बन्धी सामग्री फैलाउने काम गरेको खुलेको छ।

    उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा जिल्ला अदालत काठमाडौं बाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend