images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • रोयल इनफिल्डको ‘गरिल्ला ४५०’ सार्वजनिक, मूल्य...

रोयल इनफिल्डको ‘गरिल्ला ४५०’ सार्वजनिक, मूल्य ८ लाख ९९ हजार

रोयल इनफिल्डको ‘गरिल्ला ४५०’ सार्वजनिक, मूल्य ८ लाख ९९ हजार

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं । प्रिमियम मोटरसाइकल ब्रान्ड रोयल इनफिल्डले आफ्नो बहुप्रतिक्षित ‘अर्बन पर्फर्मेन्स रोडस्टर’ मोटरसाइकल गरिल्ला ४५० नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। दैनिक सहरिया यात्रादेखि लामो दूरीका राइडलाई लक्षित गर्दै तयार पारिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ आयाम थप्ने कम्पनीको दाबी छ।
    नेपाली बजारमा गरिल्ला ४५० एपेक्स, ड्यास र फ्ल्यास गरी तीनवटा भेरियन्ट र आठ आकर्षक रङहरूमा उपलब्ध हुनेछ।गरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर, लिक्विड-कुल्ड ‘शेर्पा’ इन्जिन प्रयोग गरिएको छ। यसले ८,००० आरपीएममा ४० पीएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यो इन्जिनको ८५ प्रतिशतभन्दा बढी टर्क ३,००० आरपीएमबाटै उपलब्ध हुने भएकाले सहरको ट्राफिक र हाइवे दुवैमा यसले दमदार प्रदर्शन गर्ने छ । 

    images
    images

    यसमा ६-स्पिड गियरबक्सका साथै ‘असिस्ट र स्लिप क्लच’  र ‘राइड-बाइ-वायर’ प्रविधि जडान गरिएको छ। राइडरको सहजताका लागि यसमा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुईवटा राइडिङ मोडहरू उपलब्ध छन्।यो मोटरसाइकलमा ४ इन्चको गोलो टीएफटी ‘ट्रिपर ड्यास’ दिइएको छ। गुगल म्याप्समा आधारित नेभिगेसन र स्मार्टफोन कनेक्टिभिटीको सुविधा रहेको यो ड्यासले यात्रालाई थप सहज र प्रविधिमैत्री बनाउनेछ। साथै, सुरक्षा र स्थिरताका लागि ४३ एमएमको सोवा टेलिस्कोपिक फ्रन्ट फोर्क र १७ इन्चको ट्युबलेस टायर प्रयोग गरिएको छ।यसमा एलइडी हेडलाइट, इन्टिग्रेटेड टेल ल्याम्प, ११ लिटरको इन्धन ट्याङ्की र स्टेप सिट जस्ता आकर्षक डिजाइन एलिमेन्टहरू रहेका छन्।लन्च कार्यक्रममा बोल्दै रोयल इनफिल्डका सार्क बिजनेस हेड दिपक काकरले भने, “नेपालमा गरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि महत्त्वपूर्ण उपलब्धि हो। १२५ वर्षको ‘प्योर मोटरसाइकलिङ’ यात्रालाई निरन्तरता दिँदै हामीले यो मोटरसाइकल विशेष गरी नेपालको सडक सुहाउँदो—चुस्त, सहज र दमदार बनाएका छौँ। नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौं।”

    कम्पनीले गरिल्ला ४५० को बुकिङ आजैबाट खुला गरेको छ र डेलिभरी पनि आजैबाट देशभरका शोरुमहरू मार्फत सुरु हुने जनाएको छ। थप सुविधाका रूपमा कम्पनीले ‘बोर्डरलेस वारेन्टी प्रोग्राम’ समेत सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले विश्वभरका ३,००० भन्दा बढी सर्भिस सेन्टरहरूबाट सेवा लिन सक्नेछन्।सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड हाल ८० भन्दा बढी देशमा विस्तार भइसकेको छ। नेपालमा पनि कम्पनीले आफ्नै एसेम्बली फ्यासिलिटी मार्फत मोटरसाइकलहरू उत्पादन गर्दै आएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend